20 January ,2025,Monday

शिक्षक महासंघको जायज मागप्रति पर्साका राजनीतिक दलहरूको ऐक्यबद्धता

वीरगंज, १३ भदौ । नेपाल शिक्षक महासंघ वीरगंज महानगर समितिले उठाएका जायज मागहरू प्रति पर्साका राजनीतिक दलहरूले ऐक्यवद्धता जनाएका छन् । आज (बिहीबार) नेपाली कांग्रेसको पार्टी कार्यालय रामगढवा बसेको सर्बदलिय बैठकले बृहत छलफल पछि प्रेस बिज्ञप्ति जारी गर्दै शिक्षकहरूको माग प्रती एक्यवद्धता जनाएका हुन ।
बैठकमा उपस्थित शिक्षक संगठनका प्रतीनिधीहरूले महानगरको शैक्षिक महाशाखाले दरबन्दी मिलानको क्रममा ब्यक्तिगत लाभ र अन्याय पुर्ण तरिकाले गरिएको सरूवाले शैक्षिक आतंक सृजना गरेको बताएका थिए ।बैठकमा उपस्थित सम्पूर्ण राजनीतिक दलहरू वार्ताको माध्यमले तनाब रहित शैक्षिक बाताबरणको निर्माण गरि डर र भयरहित बाताबरणमा पठनपाठन हुनु पर्नेमा एकमत रहेको बैठकमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले बताए ।
बैठकमा नेकपा एमालेका पर्साका अध्यक्ष डा बिश्वम्भर शर्मा, नेपाली कांग्रेसका जिल्ला उपसभापति राम नारायण कुर्मी, जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज आलम जनमतका सह इन्चार्ज मुकेश द्विबेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा संयोजक हरि पन्त, प्रदेश सदस्य सुदिश प्रजापति र शिक्षक संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...