14 November ,2025,Friday

अल्पाइन माविद्वारा पहिलो उमा वुमेन इन्जिनियरिङ स्कूलरसीप आचल कुमारीलाई प्रदान

वीरगंज, १६ भदौ । अल्पाईन माध्यमिक विद्यालयले पहिलो उमा वुमेन इन्जिनियरिङ स्कूलरसीप छात्रा आचल कुमारीलाई प्रदान गरेको छ ।
विद्यालयका सञ्चालक विनोद कुमार उपाध्यायका ममतामयी आमा स्व. उमा देवी उपाध्यायको स्मृतिमा स्थापना गरिएको पहिलो उमा वुमेन इन्जिनियरिङ स्कूलरसीप सोही विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गरेकी जेहेन्दार छात्रा आचल कुमारीलाई प्रदान गरिएको हो ।
छात्रवृत्ति अन्तर्गत छात्रा आचल कुमारीलाई भारतको आदित्य युनिभर्सिटीमा चार वर्षे इन्जिनियरिङ अध्ययनको सम्पूर्ण खर्च विद्यालयले बेहोर्ने विद्यालयका सञ्चालक विनोद कुमार उपाध्यायले जानकारी गराउनुभयो ।
आज एक कार्यक्रमबीच अल्पाइन माध्यमिक विद्यालयका सञ्चालक उपाध्यायले छात्रा आचल कुमारीलाई छात्रवृत्तिको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावकलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...