16 December ,2025,Tuesday

बारामा श्रीमान्‌ले गरे श्रीमतीको हत्या, दुई छोरीपनि घाइते

निजगढ, २६ भदौ । बाराको निजगढ नगरपालिका ९ भमरा टोलमा मंगलबार राति श्रीमान्‌ले श्रीमतिको हत्या गरेका छन् । साथै दुई छोरीलाईसमेत घाइते बनाएका छन्। शौच गर्न बसेकी ४० वर्षीया लक्ष्मी राईलाई उनका श्रीमान् ४५ वर्षीय बिमल बस्नेतले घाँटीमा खुर्पा प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।

बिमलको खुर्पा प्रहारबाट उनकी दुई छोरी १७ वर्षीया गंगा र १५ वर्षीया जमुनासमेत घाइते भएका छन् ।

आमालाई बचाउने क्रममा उनीहरूको हातमा घाउ लागेको हो । उनीहरूलाई उपचारका लागि वीरगन्जको मेडिसिटी बयोधा अस्पतालमा लगिएको प्रहरी निरीक्षक कुशवाहाले बताए बिमललाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । श्रीमान् र श्रीमतीबीच झगडा पर्दा मदिराको नशाको झोंकमा बिमलले खुर्पा प्रहार गरी लक्ष्मीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । लक्ष्मीको शव पोष्टमार्टमका लागि कलैया स्थित प्रादेशिक अस्पताल ल्याइएको छ ।

दुई छोरीकी आमा लक्ष्मीले बिमल बस्नेतसंग ६ र ७ वर्षअघि दोस्रो विहे गरेकी थिइन् । दुई छोरी भने पहिलाकै श्रीमान्‌बाट जन्मेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।