15 December ,2025,Monday

कलाकार खतिवडा ग्लोबल स्टार्स अवार्डबाट सम्मानित

वीरगंज, ३ असोज । भारत, पटनामा ग्लोबल स्टार्स अवार्ड २०२४ अवार्डबाट कलाकार पवनप्रसाद खतिवडा (बाबा) सम्मानित भएका छन ।
निरूलाज एन्ड कम्पनीको प्रस्तुति रहको कार्यक्रममा प्रमुख अतिथि बिहारका विज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ र सेलिब्रेटी अतिथिको रूपमा चर्चित बलिवुड कलाकार पुनम धिलोन हुनुहुनथ्यो । संग्रीला प्यालेसमा भएको कार्यक्रमले पटनामा छुट्टै रौनक ल्याएको देखिन्थ्यो।
पवनप्रसाद खतिवडा (बाबा) विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छन् । काभ्रेपलान्चोक, अनैकोट –१ मा जन्मिएका बाबा बिस २०४८ सालमा भिडियो फिल्म कर्म नामक चलचित्रबाट बाल कलाकारको रूपमा उदाएका खतिवडाले दर्जनौं चलचित्र, टेलिचलचित्र तथा बिज्ञापनमा समेत काम गसकेका छन् ।
नृत्य, नृत्य निर्देशन गर्दै सडक नाटक र रंगमञ्च हुँदै सिनेमाका पर्दाहरूसम्मको यात्रा थालेका उनि बाबा कलाकारको उपनामले समेत चिनिनछन । जुन टेलिचलचित्र ब्रेकफेलबाट जन्मिएको नाम हो । खतिवडाले अभिनय गरेका चलचित्रहरूमा जीवनदाता, विष, जय शिव शङ्कर, बडिगार्ड, राधे, लब सब, लगायत दर्जनौ छन् भने टेलिचलचित्रमा हिजो आजका कुरा, जिरेखुर्सानी, मोड, किनारा, पथभ्रस्ट, अदृश्य घाउ, जीवनचक्र,कुल बहादुर काका,खुराफाती, लगायत दर्जनौ टेलिचलचित्रहरूमा आफ्नो अभिनयबाट एउटा छुट्टै पहिचान छोडेका छन् भने अहिले वेब सिरिजहरूमा ब्यस्त देखिन्छन । अहिले पनि खतिवडा कलाकारीतामा उत्तिकै सक्रिय छन् ।
यो भन्दा अगाडि थुप्रै सम्मानका साथै इन्टरनेशनल अचिभमेन्ट अवार्ड (बिजुली सर्बत)बाट, इन्टरनेशनल एक्सिलेन्स अवार्ड, गेलेक्सी एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेका छन भने यो उनको चौथो अवार्ड हो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।