29 November ,2025,Saturday

वीरगंज भन्सारले दुई महिनामा उठायो साढे २५ अर्ब राजस्व

वीरगंज, ५ असोज । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व संकलन गरेको छ ।

भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै रु एक अर्बले राजस्व बढेको जानकारी दिए । गत आवको भदौ सम्ममा रु ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ७० प्रतिशत अर्थात् रु २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व संकलन भएको थियो ।

प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । “विगतका वर्षमा वीरगंज भन्सार कार्यालय हु“दै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ”, उनले भने।

भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख संकलनको लक्ष्य लिए पनि रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व संकलन गरेको थियो ।

कार्यालयका अनुसार गत आवको साउनमा रु १८ अर्ब ७० करोड ४० लाख राजस्व संकलनको लक्ष्य लिइए कोमा रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व संकलन भएको थियो ।साभार – देश सञ्चार

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...