2 August ,2025,Saturday

सुत्केरी महिलाले नारायणी अस्पतालमा निःशुल्क रगत पाउने

वीरगंज, २१ असोज । वीरगंजको नारायणी अस्पतालमा सुत्केरी महिलाले अब रक्त सञ्चार केन्द्रबाट निश्शुल्क रगत पाउने भएका छन् ।
नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबिच सोमवार सुत्केरी महिलाहरूका लागि निशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलालाई आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने छ । त्यसबापतको लाग्ने शुल्क अस्पतालले केन्द्रलाई तिर्ने सम्झौता भएको छ ।
रक्त सञ्चार केन्द्रले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको ब्याग, क्रस म्याच, ग्रूपीङ एंव परिक्षण बापत प्रति युनिट रगतको १ हजार ५० रुपियाँँ शुल्क लिने गरेको छ । उक्त शुल्क अब नारायणी अस्पतालले रक्त सञ्चार केन्द्रलाई तिर्ने गरी सोमवार अस्पताल प्रशासन र रेडक्रस सोसाइटी पर्सा शाखाबिच सम्झौता गरिएको हो ।
रेडक्रस पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल र नारायणी अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले हस्ताक्षर गरेको सम्झौतापत्रमा नाारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने, रक्त सञ्चार केन्द्रबाट सुत्केरी महिलालाई उपलब्ध गराउने रगतको शुल्कको हिसाब रक्त सञ्चार केन्द्रले हरेक महिनाको ५ गते अस्पताललाई बुझाउने र अस्पतालले त्यही महिनाभित्रमा उक्त रकम उपलब्ध गराउने उल्लेख छ ।
सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता, रेडक्रस साोसाइटी पर्साकी उपसभापति मधु राणा, मन्त्री शैलेन्द्र चौरसिया, रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डे लगायत को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...