5 August ,2025,Tuesday

आजदेखि राजविराज महोत्सव

राजविराज (सप्तरी), १५ कात्तिकः संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ ।
राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृति झल्किने वस्तुसहितका ४० वटा बिक्रीकक्ष रहने जनाइएको छ । राजविराज नगरपालिकासँगको सहकार्यमा हुने महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा रु ६४ लाख खर्च हुने अनुमान गरिएको छ ।
तिहारमा विभिन्न ठाउँबाट आफ्नो गाउँघर आएका युवा, विद्यार्थी र नगरवासी तथा जिल्लावासीको मनोरञ्जन र सप्तरीको पहिचानलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...