काठमाडौँ, ३० मंसिर । नेपाल पत्रकार महासङ्घको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिले कुन (कुन ठाउँको मतपरिणाम आएको छ, हेरौँ –
पत्रकार महासङ्घ बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका उम्मेदवार कृष्ण सारू मगर विजयी भएका छन् । एसोसिएट प्रदेशको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।
यस्तै, महासङ्घको केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित भएका छन् । निर्वाचित पन्त र सुवेदी प्रेस सेन्टर निकटका हुन् ।
महासङ्घको केन्द्रीय सदस्य पदमा वीरेन्द्र ओली र सविता शर्मा निर्वाचित भएका छन् । प्रतिष्ठान प्रदेशबाट उनीहरु निर्वाचित भएका हुन् ।एसोसिएट प्रदेशबाट केन्द्रीय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी विजयी भएका छन् ।
जिल्लातर्फ
ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् । दंगाल प्रेस युनियन सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् ।
पाल्पा जिल्ला शाखाको अध्यक्षमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् ।
कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । बराल प्रेस युनियनका हुन् ।
रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की विजयी भएका छन्। उनी प्रेस युनियनका उम्मेदवार हुन् ।
रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन भएका छन् ।
पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् ।
भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन्।
मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित भएकी छन् ।
ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन भएका छन् ।
सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् ।
जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाई निर्वाचित भएका छन् ।
सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् ।
झापा शाखाको अध्यक्षमा एकराज गिरी दोहोरिएका छन् ।
महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित भएका छन् ।
धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित भएका छन् ।
सोलुखुम्बुको अध्यक्षमा राससकर्मी सुवास दर्नाल निर्वाचित भएका छन् ।
जुम्ला शाखाको अध्यक्षमा पूर्णप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।
सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् ।
रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो ।