21 November ,2025,Friday

जिराभवानीमा ७० प्रतिशतभन्दा बढी दलित बालबालिका विद्यालय छोड्न बाध्य

वीरगंज, ६ पुस । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका क्षेत्रमा रहेका दलित बालबालिकाहरूको विद्यालय छोड्ने दर अत्यधिक बढेको पाइएको छ। यहाँका ७० प्रतिशतभन्दा बढी दलित बालबालिकाहरू आर्थिक अभावका कारण विद्यालय जान्न सक्दैनन्।

नेपाल राष्ट्रिय मावि,कठकुईया बसन्तपुर पकडीटोलका प्रधानाध्यापक कृपासिन्धु प्रसाद पट्वारीका अनुसार, विद्यालय भर्ना भए पनि अधिकांश बालबालिकाले कक्षा ५ देखि ८ सम्म मात्र अध्ययन गर्छन्। उनले गरिबीलाई यस समस्याको मुख्य कारणको रूपमा प्रस्तुत गरे।

जिराभवानी गाउँपालिकाका १ देखि ५ वडामा दलित समुदायका मुसहर, राम, पासवान, माझी, डोम जातिका बस्ती रहेका छन्। तर, गाउँपालिकाका तिनवटा माध्यमिक विद्यालयमध्ये कुनै एक विद्यालयमा पनि दलित विद्यार्थीहरू अध्ययनरत छैनन्।

पकडीटोलका स्थानीय रोवन माझीका अनुसार, दलित समुदायको नम्बरी जग्गा नभएको र सार्वजनिक ऐलानी जग्गामा बस्नुपर्ने बाध्यता रहेको छ। उनका अनुसार, घरमा पर्याप्त आम्दानी नभएकाले बालबालिकालाई विद्यालय पठाउन सकिँदैन र १०–१२ वर्षका बालकहरू मजदुरीमा जान्छन् भने बालिकाहरू घरका कामकाजमा जुट्छन्।

विद्यालयमा दलित बालबालिकाको टिकाउ नहुनुको प्रमुख कारण गरिबी रहेको बताउँदै उनले भने, “खानपानको समस्या हुँदा बालबालिकालाई पढाउनुभन्दा आय आर्जन गर्ने काममा पठाउनुपर्ने बाध्यता हुन्छ।”

दलित समुदायले जिराभवानी गाउँपालिका र स्थानीय सरकारका मापदण्डमा सुधार ल्याउन र शिक्षा, स्वास्थ्य तथा रोजगारको क्षेत्रमा योजनाबद्ध प्रयास गर्नुपर्ने बताउँदै गुनासो गरेका छन्। 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...