19 January ,2025,Sunday

जय ट्रफी: त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबको रोमाञ्चक भिडन्त

वीरगंज, २१ पुस । वीरगंजको नारायणी रंगशालामा आइतवारदेखि जय ट्रफी क्रिकेट प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको पहिलो म्याचको लागि बल अम्पायरलाई हस्तान्तरण गर्दै बीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले प्रतियोगिताको औपचारिक उदघाटन गरेका छन् ।
कार्यक्रममा सहभागी खेलप्रेमीहरूले जय ट्रफीलाई यस क्षेत्रको खेलकुद विकासमा महŒवपूर्ण कदमका रूपमा लिएका छन् ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन विशेष तयारी गरेको र यसले स्थानीय युवा खेलाडीलाई प्रेरणा दिने अपेक्षा गरिएको छ। जय ट्रफीले खेलकुदको माध्यमबाट समुदायमा एकता र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
यसैगरी वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लब सामु १७२ रनको लक्ष्य दिएको छ ।
वीरगंजको नारायणी क्रिकेट मैदानमा भइरहेको दुर्ई दिवसीय खेलको दोस्रो इनिङ्समा सोमवार आर्मी ५३ ओभर खेल्दै १७५ रनमा अलआउट भएपछि पुलिसले जितका लागि १७२ रन लक्ष्य पाएको हो ।
दोस्रो इनिङ्समा आर्मीका ब्याटर सोमपाल कामीले अविजित ८२ रन बनाए ।१३८ बलको सामना गरेका सोमपालले १० चौका र १ छक्का प्रहार गरे । यस्तै त्रितराज दासले ५१ ब्लमा ३४ रन जोडे ।भीम सार्कीले १५ रन जोड्दा विवेक यादवले ११ रनमात्रै बनाए ।
दोस्रो इनिङ्समा बलिङ्तर्पm पुलिसका कुशल भुर्तेलले ४, गुल्शन झाले ३, ललित राजवंशीले २ र रसिद खानले १ विकेट लिए ।
त्यसअघि सोमवार बिहान ७ विकेटको क्षतिमा १०३ रनबाट दोस्रो दिनको खेल शुरू गरेको पुलिस थप २२ रनमात्रै जोड्दै अलआउट भएको थियो । उसका लागि गुलशन झाले ५४ बलमा ४७ रन बनाए भने अमित श्रेष्ठले १८ र रसिद खानले १६ रन बनाए ।
बलिङ्तर्पm आर्मीका लागि सहाब आलम एक्लैले ८ विकेट लिए । १५.१ ओभरमा ५९ रनमात्र खर्चिएका आलमले ८ विकेट लिए । सोमपाल कामी र पवन कार्कीले भने समान एक–एक विकेट लिए ।
आइतवारदेखि शुरू खेलमा आर्मीले आफ्नो पहिलो इनिङ्समा ३४.४ ओभरमा १२१ रन बनाएको थियो ।जारी खेलमा पुलिसले अहिले १७२ रनको लक्ष्यका साथ दोस्रो इनिङ्सको ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...