19 January ,2025,Sunday

सिख गुरू गोविन्द सिंहको जन्मजयन्तीमा मेयर राजेशमान सिंहको विशेष सम्बोधन

वीरगंज, २२ पुस । सिख समुदायका दशौं गुरू गोविन्द सिंहको जन्मजयन्तीको पवित्र अवसरमा आज वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गुरूद्वारा गुरू नानक सत्संगमा विशेष सम्बोधन गरेका छ।
मेयर सिंहले सिख समुदायको धार्मिक, सांस्कृतिक र ऐतिहासिक योगदानको प्रशंसा गर्दै विविधतायुक्त समाज निर्माणमा सबै धर्म र समुदायको सहकार्यको महत्त्वलाई जोड दिनुभएको छ। उहाँले भन्नुभयो, गुरू गोविन्द सिंहले देखाउनुभएको आदर्श, परोपकार र सत्यनिष्ठा आजको समाजका लागि पनि प्रेरणादायी छ। विविधतामा एकता नै हाम्रो महानगरको परिचय हो।
कार्यक्रममा सिख समुदायका अगुवाहरू, धार्मिक नेता, महानगरका प्रतिनिधि र स्थानीय नागरिकको उपस्थिति रहेको थियो। गुरूद्वारामा आयोजित यस विशेष कार्यक्रममा धार्मिक प्रवचन, भजन–कीर्तन र सामूहिक प्रार्थनाले पवित्र वातावरण सिर्जना गरेको थियो।
सम्बोधनको क्रममा मेयर सिंहले महानगरपालिकाको तर्पmबाट धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सिख समुदायको सेवाभाव र भाइचारा प्रवद्र्धन गर्ने कार्यलाई सराहना गर्दै शुभकामना व्यक्त गरेका थियो। गुरू गोविन्द सिंहको जन्मजयन्तीको अवसरमा वीरगंजको गुरूद्वारामा विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरू पनि आयोजना गरिएका छन।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...