13 August ,2026,Thursday

सिख गुरू गोविन्द सिंहको जन्मजयन्तीमा मेयर राजेशमान सिंहको विशेष सम्बोधन

वीरगंज, २२ पुस । सिख समुदायका दशौं गुरू गोविन्द सिंहको जन्मजयन्तीको पवित्र अवसरमा आज वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गुरूद्वारा गुरू नानक सत्संगमा विशेष सम्बोधन गरेका छ।
मेयर सिंहले सिख समुदायको धार्मिक, सांस्कृतिक र ऐतिहासिक योगदानको प्रशंसा गर्दै विविधतायुक्त समाज निर्माणमा सबै धर्म र समुदायको सहकार्यको महत्त्वलाई जोड दिनुभएको छ। उहाँले भन्नुभयो, गुरू गोविन्द सिंहले देखाउनुभएको आदर्श, परोपकार र सत्यनिष्ठा आजको समाजका लागि पनि प्रेरणादायी छ। विविधतामा एकता नै हाम्रो महानगरको परिचय हो।
कार्यक्रममा सिख समुदायका अगुवाहरू, धार्मिक नेता, महानगरका प्रतिनिधि र स्थानीय नागरिकको उपस्थिति रहेको थियो। गुरूद्वारामा आयोजित यस विशेष कार्यक्रममा धार्मिक प्रवचन, भजन–कीर्तन र सामूहिक प्रार्थनाले पवित्र वातावरण सिर्जना गरेको थियो।
सम्बोधनको क्रममा मेयर सिंहले महानगरपालिकाको तर्पmबाट धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सिख समुदायको सेवाभाव र भाइचारा प्रवद्र्धन गर्ने कार्यलाई सराहना गर्दै शुभकामना व्यक्त गरेका थियो। गुरू गोविन्द सिंहको जन्मजयन्तीको अवसरमा वीरगंजको गुरूद्वारामा विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमहरू पनि आयोजना गरिएका छन।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...