18 June ,2025,Wednesday

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

वीरगंज, २३ पुस । रासस
जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने अति विपन्न तथा गरिब परिवारलाई एकद्वार प्रणालीमार्फत मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लामा एकद्वार प्रणालीमार्फत मानवीय सहायता वितरण गर्ने निर्णय गरेको छ । प्रजिअ अर्यालले सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त हुने कम्बललगायतका राहत सामग्री वितरण कार्यलाई वस्तुपरक पारदर्शी, व्यवस्थित र आवश्यकता केन्द्रित बनाउन एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने जानकारी दिनुभयो ।
सर्वपक्षीय बैठकले पर्साका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । जसको सदस्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत सदस्य रहनेछन् ।
त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, नेपाल रेडक्रम सोसाईटीका सदस्य तथा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष सदस्य रहने गरी क्विक रेस्पोन्स टिम गठन गरेको हो । जिल्लामा विभिन्न निकायसँग हालसम्म दुई हजार ५० थान कम्बल मौज्दात रहेको बताइएको छ ।
नेपाली सेनासँग मौज्दात रहेको छ सय थान कम्बल रहेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले चार सय थान, नेपाल रेडक्रम सोसाइटीले एक सय पाँच थान र नेपाली युवा उद्यमी मञ्चले चार सय थान र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रले पाँच सय थान उपलब्ध गराउने बताइएको छ ।
बैठकले शीतलहरबाट बच्नको लागि राहत सामग्री वितरण गर्न चाहने सङ्घ संस्थालाई जिल्ला विपद् व्यवस्थापन र ‘क्विक रेस्पोन्स टिम’ सँग समन्वय गरेर वितरण गर्न अनुरोध गरेको छ ।
बैठकले सङ्घ संस्था/प्रतिष्ठानबाट कम्बल बाहेकका अन्य राहत सामग्रीमा बालबालिकाले प्रयोग गर्ने जुत्ता, टोपी, मोजा अन्य सामग्री उपलब्ध गराउन पनि अनुरोध गरेको छ । बैठकले स्थानीय तहले वितरण गर्ने राहत सामग्रीसमेत ‘क्विक रेस्पोन्स टिम’ लाई जानकारी गराएर मात्र वितरण गर्न सम्बन्धित पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...