19 January ,2025,Sunday

दुर्घटना न्यूनीकरणका लागि उज्यालो वीरगंज अभियानलाई निरन्तरता

– दिपेन्द्र बि.सी. वीरगंज, २५ पुस । सडक दुर्घटना न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाद्वारा संचालनमा रहेको उज्यालो वीरगंज अभियानलाई थप निरन्तरता दिन अनुगमन गरिएको छ। महानगरका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल र महानगरका प्राविधिक सल्लाहकार ई. प्रकाशमान अमात्यको टोलीले परवानीपुरदेखि ड्राइपोर्ट जाने बाटो, जगन्नाथपुर चोक लगायतका क्षेत्रहरूको निरीक्षण गरेका हुन। अनुगमनका क्रममा सडक बत्तीहरूको अवस्था, ट्राफिक व्यवस्थापन, र पैदलयात्रीका लागि बनाइएका संरचनाको स्थिति जाँच गरिएको थियो। अभियानले दुर्घटना कम गर्न, राति यात्रा सहज बनाउने, र सुरक्षाको अनुभव वृद्धि गर्ने उद्देश्य लिएको छ। महानगरले यो अभियानलाई अझ प्रभावकारी बनाउन र दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउन विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरिरहेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...