26 March ,2025,Wednesday

बारा प्रहरीद्वारा ७१ लाखबढीको सामान राजस्वमा बुझायो

वीरगंज, २९ पुस । जिल्ला प्रहरी कार्यालय, बाराले ७१ लाख ७४ हजार बराबरको सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ । सोमवार बिहान इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटीएको प्रहरी टोलीले जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा वीरगंजबाट रूपन्देही जाँदै गरेको प्र २–०३–००१ ख २८८८ नम्बरको ट्रक चेकजाँच गर्दा बिलबिजकभन्दा बढी सामानको स्रोत खुलाउन नसकेको रू. ७१ लाख ७४ हजार ५९१ बराबरको ट्रकमा लोड गरेको सामान नियन्त्रणमा लिएको हो । प्रहरीले सो ट्रकबाट औषधि, विद्युतीय ओभन, भाडाकुँडालगायत अन्य खुद्रा सामानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जिप्रका बाराका सूचना अधिकारी प्र.ना.उ.प्रकाश सापकोटाले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...