29 June ,2025,Sunday

बोडीको दाल, जाडोमा प्रोटिनको पावरहाउस

वीरगंज, २ माघ । दाललाई प्रोटिनको सबैभन्दा ठूलो स्रोत मानिन्छ । त्यसैले यसलाई आफ्नो आहारमा समावेश गर्नु पर्छ ।

दालमा प्रोटिनका साथै भिटामिन र मिनरल्स प्रशस्त मात्रामा हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । बोडीको दाललाई पोषक तत्त्वहरूको पावरहाउस भनिन्छ ।

बोडीमा धेरै भिटामिन र मिनरल्स हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक छ । यसमा १३ ग्राम प्रोटिन र ११ ग्राम फाइबर हुन्छ । यो दाल खाँदा हामीलाई कस्ता फाइदा हुन्छ भन्ने जानौँ ।

शरीरलाई ऊर्जा प्रदान

बोडीमा म्यागनीज प्रशस्त मात्रामा हुन्छ, जसले शरीरलाई तुरुन्तै ऊर्जा प्रदान गर्छ । साथै, यसमा भएको एन्टीअक्सिडेन्टले शरीरको ऊर्जा उत्पादन गर्ने कोशिकाहरूलाई मद्दत गर्छ जबकि बोडीमा भएको प्रोटिनको मात्राले मांसपेशीहरू र ऊर्जाको स्तर बढाउन मद्दत गर्छ ।

हड्डीहरूका लागि फाइदाजनक

बोडी हड्डीहरूका लागि पनि धेरै फाइदाजनक छ । यो दालको मात्र १र२ कपमा हाम्रो दैनिक आवश्यकताको ८ प्रतिशत क्याल्सियम हुन्छ । यदि यसको दैनिक सेवन गरिएमा हड्डीहरू बलियो बन्छ र जोर्नीको दुखाइ वा कमजोरीको समस्या हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छ

आयुर्वेदिक विशेषज्ञहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउन बोडी दाल खान सल्लाह दिन्छन् किनभने यसमा भिटामिन सी, ए र प्रोटिन प्रशस्त मात्रामा हुन्छ, जुन रुघा र खोकी जस्ता रोगहरूसँग लड्न आवश्यक छ ।

रगत चिनीको स्तर नियन्त्रित

बोडी दालको सेवनले रगत चिनीको स्तर नियन्त्रण गर्न पनि मद्दत गर्न सक्छ । किनभने यसमा घुलनशील फाइबर प्रशस्त मात्रामा हुन्छ जसले पाचनलाई ढिलो बनाउँछ र चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्छ । यसले आन्द्राको राम्रो कार्यमा मद्दत गर्न सक्छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...