25 March ,2025,Tuesday

के हो मुस्कानभित्र लुकेको डिप्रेसन ?

वीरगंज, २ माघ । स्माइल डिप्रेसन एउटा मानसिक अवस्था हो, जसमा व्यक्तिले आफ्नो भित्रको उदासीनता र तनाव लुकाउन बाहिरी संसारमा सधैँ मुस्कुराइरहन्छ ।

यस अवस्थामा मानिसले आफ्नो पीडा लुकाएर सबैको अगाडि खुसी देखिने प्रयास गर्छ, जबकि भित्रभित्रै ऊ डिप्रेसनसँग जुधिरहेको हुन्छ । यसको सामना गर्ने व्यक्तिहरूले प्रायः सामाजिक दबाब वा अरूलाई खुसी राख्न आफ्ना भावनाहरू लुकाउँछन् ।

एक रिपोर्टकाअनुसार स्माइल डिप्रेसनका केही सामान्य लक्षणहरूमा धेरै सुत्ने, ऊर्जाको कमी र धेरै खाने जस्ता लक्षणहरू हुने गर्छन् ।

यसबाहेक व्यक्तिले आफ्नो अनुहारमा मुस्कान कायम राख्दा पनि एक्लोपन र निराश महसुस गर्छ । कतिपय अवस्थामा यी व्यक्तिहरू आफूलाई भइरहेको पीडाको बारेमा अरूलाई बताउन डराउँछन्, जसले गर्दा समस्या अझै बढ्छ ।

स्माइल डिप्रेसनले मानसिक स्वास्थ्यलाई मात्र होइन, शारीरिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्छ । यसले सम्बन्धहरूलाई प्रभावित गर्न सक्छ र पेसागत जीवनमा पनि समस्याहरू सिर्जना गर्न सक्छ ।

निरन्तर भावनाहरू लुकाउँदा व्यक्तिले थकान र तनाव अनुभव गर्छ । यो अवस्था कहिलेकाहीँ आत्महत्या जस्ता खतरनाक विचारहरूसम्म पुर्‍याउन सक्छ ।

स्माइल डिप्रेसनको उपचार सही समयमा गर्न सकिन्छ । यसको लागि व्यक्तिले आफ्ना भावनाहरू साझा गर्नु र मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनु आवश्यक छ ।

नियमित व्यायाम, सन्तुलित आहार र ध्यान जस्ता उपायहरू पनि सहयोगी हुन सक्छ । परिवार र साथीहरूको सहयोगले पनि यस अवस्थाबाट उम्कन महत्त्वपूर्ण भूमिका खेल्छ ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...