8 February ,2025,Saturday

पुलिसले उचाल्यो जय ट्रफी

वीरगंज, ४ माघ ।
क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)द्वारा मधेस प्रदेशको वीरगंज र जनकपुरमा आयोजित मिनी टेस्टको रूपमा चिनिने जय ट्रफी क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ।
वीरगंजको नारायणी क्रिकेट ग्राउन्डमा बिहीवार सम्पन्न तीन दिवसीय फाइनल खेलमा २८ रनअन्तरले नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफीको उपाधि उचालेको हो। १०३ रनको लक्ष्य लिएर दोस्रो पारी खेलेको त्रिभुवन आर्मी क्लबका ब्याटरहरू नचल्दा २९.२ ओभरमा ७४ रनमा सबै विकेट गुमाएपछि नेपाल पुलिस क्लब २८ रनअन्तरले फाइनज खेल जितेको हो।
फाइनल खेलको ‘म्यान अफ दी म्याच’ नेपाल पुलिस क्लबका सागर ढकाल घोषित भएका छन्। उनले पहिलो पारीमा पाँच विकेट र दोस्रो पारीमा छ विकेट गरी कुल ११ विकेट लिएका थिए। टस हारी पहिला ब्याटिङ गरेको पुलिस क्लबले पहिलो पारीमा १३३ र दोस्रोमा १३९ गरी कुल २७२ रन बनाएको थियो। जबकि त्रिभुवन आर्मीले पहिलो पारीमा १७० र दोस्रो पारीमा ७४ रनमा अलआउट भएपछि फाइनल खेल पुलिसको पोल्टामा गएको थियो।
प्रतियोगिताको उत्कृष्ट बलरको रूपमा आर्मीका साहब आलम र उत्कृष्ट ब्याटरको रूपमा मधेस प्रदेशका मयन यादव घोषित भएका छन् भने प्रतियोगिताकै उत्कृष्ट खेलाडीको रूपमा आर्मीका साहब आलम घोषित भए।
मधेस क्रिकेट सङ्घका अध्यक्ष सुनील महासेठको अध्यक्षतामा आयोजित पुरस्कार समारोहका प्रमुख अतिथि एवं क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विजेता टोलीलाई जय ट्रफी, मेडल तथा प्रशंसापत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा क्यानका पदाधिकारी, मधेस क्रिकेट सङ्घका पदाधिकारी, पर्सा क्रिकेट सङ्घका अध्यक्ष्F मनीष सिंह, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल क्यानका पूर्व केन्द्रीय सदस्य दाउद अन्सारी, कन्हैया कायस्थलगायतको सहभागिता थियो।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...