25 March ,2025,Tuesday

गाँजासहित दुईजना पक्राउ

वीरगंज ७ माघ । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले ११ किलो गांजासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १९ नेवारपानी स्थित पूर्व पश्चिम सडकखण्डमा चेकजाँच गर्ने क्रममा नारायणगढबाट हेटौडा हुदै गौर जाँदै गरेको लु. १ ख ७३९५ नं. को यात्रीबाहक बसमा सवारजिल्ला पर्सा, सखुवाप्रसौनी गा.पा. वडा नं. ०१ बस्ने वर्ष ४२ को सुरेश दास थारू र पर्सागढी न.पा. वडा नं. ०२ बस्ने वर्ष २९ को अर्जुन महतो थारूलाई शंका लागि बसबाट ओराली खानतलासी गर्दा निजहरूले बोकेको झोला भित्र ११ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । दुवैजनालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...