26 March ,2025,Wednesday

शुभलक्ष्मी ट्रेडर्समा अनुगमन

वीरगंज, १० माघ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले वीरगंज वडा न. १६ नगवा स्थित बाईपासरोडमा रहेको शुभलक्ष्मी ट्रेडर्समा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको नेतुत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्ने क्रममा शुभलक्ष्मी टे«डसबाट मिति उल्लेख नभएको पियुष गोल्ड ब्रान्डको धनिया ७००० किलो, ५५५ ब्रान्डको मेथी ६५१० किलो भेटिएपछि २४ घन्टाभित्र सोको कागजातसहित जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन निर्देशन दिएको छ । अनुगमन टोलीले तत्काल मेथी र धनिया बिक्री बितरणमा रोक लगाएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिनुभयो । शुभलक्ष्मी ट्रेडर्स र शुभलक्ष्मी प्याकेजिङले गुजरातको उत्पादन भिक्टोरिया कम्पनीको जीरा, धनिया, मेथी, खुर्सानीको धूलो, सोपलगायत सामग्री आयात गरी आफ्नो उद्योगको ब्रान्डमा प्याकिङ्गमा बिक्री बितरण गर्दै आइरहेको थियो । आन्तरिक राजस्व कार्यालय पर्साका दीपेन्द्र कुमार झाले सो फर्मले राजस्व छलेको आशङ्का गर्दै कागजहरू झिकाएर अनुशन्धान गर्ने बताए । त्यसैगरी वीरगंज–१६ रजतजयन्ती चोकस्थित बाईपासरोडमा रहेको निर–जल प्रालिमा अनुगमन गरेको छ । अनुगमनको क्रममा गुणस्तरहिन पानी र जार नष्ट गरेको छ । आन्तरिक राजस्व कार्यालयले कागजात चेकजाच गर्दा पानी बिक्री बितरण गर्ने क्रममा बिलबिजक जारी नगरेको भेटिएपछि उद्योगलाई ५० हजार जरिवाना गर्दै आवश्यक कागजात र पानी प्रशोधन रिपोर्ट २४ घन्टा भित्र लिएर उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ कार्कीले जानकारी दिए । टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय पर्साका खाद्य निरीक्षक श्रवणकुमार साह, वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण कार्यालय वीरगंजका प्रमुख सुनील चौरसिया, उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष अजय अधिकारी, आन्तरिक राजस्व कार्यालय पर्साका कर अधिकृत दीपेन्द्रकुमार झालगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...