spot_img

21 March ,2026,Saturday

विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा वीउवा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले रक्सौलको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन, रेल्वे क्रसिङ्गमा आकाशे पुलको अभावमा दुवै देशका जनताहरूले घण्टौं जाममा परी सास्ती भोग्नु परिरहेकोले यथाशीघ्र आकाशे पुलको निर्माण गर्न र नेपाल–भारत बीचको खुला सिमानाका कारण अवाञ्छित भइरहेकोले सोलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल र भारत दुवै देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक फाइदा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अनुमण्डल उप–जिल्ला अधिकारी शिवाक्षी दिक्षीतले रक्सौलमा एयरपोर्ट निर्माणको लागि आपूmले पहल गरिरहेको बताउनुभयो । एयरपोर्ट निर्माणको लागि स्थलगत निरीक्षण भई सकेको र निर्माण कार्य पनि चाँडै शुरू हुने बताउनुभयो । भेटघाटमा सङ्घका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सहसचिव नरेश टिबडेवाल, स्थानीय समाजसेवी महेश अग्रवाल, पत्रकार प्रणय कुमारको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल