spot_img

21 March ,2026,Saturday

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा सम्पन्न

वीरगंज, १३ माघ । ‘भन्सार प्रशासनको प्रतिबद्धताः दक्षता, सुरक्षा र समृद्धितफ’ भन्ने नाराका साथ सप्ताब्यापी ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित एकीकृत जा“च चौकी (आइसिपी) मा सम्पन्न गरेको छ । समापन समारोहमा प्रमुख अतिथि पर्सा तथा स्थानीय राजस्व चुहावट नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, समितिका वरिष्ठ सदस्य तथा भन्सार विभागका उच्च अधिकारीहरू, स्थानीय प्रशासनका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, यातायात तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता निमित्त भन्सार प्रमुख रामप्रसाद पाठकले गर्नुभएको थियो । समापन समारोहमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार वितरण, खेलकुद तथा विविध सम्मान कार्यक्रमहरू सम्पन्न भएका थिए।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल