26 March ,2025,Wednesday

वीउवासङ्घ र चार्टर्ड एकाउण्टेन्ट्सबीच एमओयुमा हस्ताक्षर

वीरगंज, १३ माघ । कर, राजस्व सम्बन्धी राय, सल्लाह, सुझाव प्रदान गर्ने सम्बन्धमा वीरगंज उद्योग वाणिज्य सङ्घ र पि नरेश एण्ड एशोसिएट, चार्टर्ड एकाउण्टेन्ट्सबीच स्मृति–पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । कार्यक्रममा वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पि नरेश एण्ड एशोसिएटसँग सङ्घको द्विपक्षीय सम्बन्धले सङ्घका सदस्यहरूले पि नरेश एण्ड एशोसिएटबाट कर, राजस्व र स्थानीय कर सम्बन्धी नयाँ नयाँ सूचना, परिपत्र वारे जानकारी प्राप्त गर्ने र राजस्व प्रशासनले प्रदान गर्ने सेवा सुविधा वारे जानकारी प्राप्त गरी लाभान्वित हुने बताउनुभयो । उहाँले यस क्षेत्रका उद्योगी/व्यवसायीहरूले भोग्नु परिरहेका कर, राजस्व लगायतका समस्या, अस्पष्टता सम्बन्धमा कर प्रशासन समक्ष राख्न सहज हुने बताउनुभयो । पि नरेश एण्ड एशोसिएटका सञ्चालक नरेश कुमार पटेलले यस क्षेत्रका उद्योगी व्यवसायीहरूलाई कर सम्बन्धी राय, सल्लाह, सुझाव, परामर्श दिने अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले उद्योगी/व्यवसायीहरूले भोग्नु परिरहेका कर सम्बन्धी समस्याहरू सम्बन्धीत सरोकारवाला समक्ष राखी समाधानको लागि आपूmले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । साथै हस्ताक्षरित स्मृति पत्रमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), र अन्तःशुल्क सम्बन्धी आवश्यक सल्लाह र सुझाव सङ्घको सदस्य एवम बारा/पर्साको उद्योगि व्यवसायीलाई विद्युतीय माध्यमले उपलब्ध गराउने, आन्तरिक राजस्व कार्यालय, विभागमा बुझाउने कर विवरण तयार पार्न र पेश गर्न कानुनी प्रावधान बमोजिम सल्लाह सुझाव प्रदान गर्ने, आन्तरिक राजस्व कार्यालय, विभागद्वारा प्रदान गरिएका करछुुटका सुविधाहरूलाई प्रथम पक्ष र उद्योगी व्यवसायीहरूलाई जानकारीका लागि विद्युतीय माध्यमबाट प्रवाह गर्ने, कर कानुनमा भएका परिमार्जन, अनुपालनको म्याद, र नियामक अपडेटवारे आवश्यकता अनुसार जानकारी गराउने उल्लेख भएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...