26 March ,2025,Wednesday

नेशनल मेडिकल कलेजलेमा मनाइयो नेपाल नर्सिङ दिवस

वीरगंज, १५ माघ । नेपालमा आज ६३ औँ नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदै छ। नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाल नर्सिङ दिवस नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनि मनाईएको छ । नर्सिङ दिवसको अवसर पारेर मेडिकल कलेजले बिशेष कार्यक्रम गरि नर्सिङ दिवस मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एकेडेमीक डाइरेक्टर डा.नुसरत जहाँ अन्सारीले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिईन् ।

मेडिकल कलेजका हस्पिटल डाइरेक्टर इसरत जहाँ अंसारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर अविद हुसैन अंसारी, डाइरेक्टर रुबि यास्मिन कलेजका प्रो.डा. के ऐन सिंहलगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।

नर्सिङ दिवसकै अवसर पारेर दस वर्षदेखि कार्यरत नर्स स्टाफहरुलाई मायाको चिनो प्रदान गरिनुको साथै बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका, प्रशासन प्रमुख गौसुल आजम, पप्पु सिंह, दायानंन्द गुप्ता, कलेजमा कार्यरत नर्स, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...