26 March ,2025,Wednesday

पर्सामा एचपीभी खोप अभियान शुरू

वीरगंज, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा पर्सा जिल्लामा मंगलवारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियान शुरू भएको छ । अभियानको औपचारिक शुभारम्भ वीरगंज महानगरपालिका–१४, बहुअरीस्थित मदरसा तौहीदूल इस्लाम सलफिया माध्यमिक विद्यालयमा अभियान शुरु गरिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनारले स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्यकिट प्रदान गर्दै अभियानको शुभारम्भ गरे । सभापति सोनारले लक्षित उमेर समूहका छात्राहरूका लागि एचपीभी खोप प्राप्त गर्नु ठूलो सौभाग्यको कुरा रहेको बताए । उनले अघिल्लो पुस्ताले नपाएको यो खोप अहिलेको पुस्ताले पाउनुले स्वास्थ्य सेवाको विस्तार भएको स्पष्ट पार्दै सबै बालिकाहरूलाई खोप लिन आग्रह गरे । अभियान सफल बनाउन सबै सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको बताउँदै सभापति सोनारले पर्साका बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यो खोप अभियान महत्वपूर्ण हुने उल्लेख गरे । खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्क भएर लगाउँन अभिभावकहरूलाई समेत आग्रह गरे । स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्साका १४ वटै स्थानीय तहका करिब ३८ हजार ५५७ किशोरीलाई एचपिभी खोप दिने लक्ष्य राखिएको छ । पहिलो चरणमा माघ २२ देखि माघ २८ सम्म र दोस्रो चरणमा माघ ३० देखि फागुन ६ सम्म चल्नेछ । स्वास्थ्यकर्मीहरूले लक्षित उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गर्न तयारी गरिसकेका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रका अधिकारीहरू, विद्यालयका शिक्षकहरू, अभिभावक र समुदायलाई अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...