14 December ,2025,Sunday

छिपहरमाईमा अध्यक्ष जीवन रक्षा अभियानको उदघाटन

वीरगंज, २३ माघ । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष जीवन रक्षा अभियान अन्तर्गत बुधवार निःशुल्क आँखा शिविरको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । छिपहरमाई गाउँँपालिकाको सहयोग तथा श्री उद्यमशीलता सृजना तालिम तथा परामर्श केन्द्रको आयोजनामा निशुल्क आँखा शिबिर वडा नं. २ टिहुकीमा रहेकोमा बर्थिंग सेन्टरमा भएकोको कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गाउँँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले रिबन काटेर उदघाटन गर्नु भएको थियो। उदघाटन समारोहमा बोल्दै गुप्ताले नेत्र दान, जीवन दान नाराका साथै गाउँपालिका अध्यक्ष जीवन रक्षा अभियान चलाएको बताए । उनले भने, सबैभन्दा ठूलो कसै लाई नेत्रदान स्वरूप निशुल्क आँखा को अप्रेसन गराउदा मलाई अतिनै काम लागेको र यो भन्दा ठुलो काम केहि देखिएन । आँखा भएकोको बेला छोराछोरी हरूले बुबा आमाहरू के हेरचाह गरिरहेका छैनन, आँखा नभएपछी कसैले हेर्दैन त्यसै कारण सो को मध्यनजर गर्दै निशुल्क आँखा शिबिर को आयोजना गरिएको छ। यस शिबिरमा आएर चेकजाँच गराई मोतियाबिन्दु रोगी हरूलाई निशुल्क सल्यक्रिया अप्रेसन गराउन आग्रह समेत गरे । यस्ता आँखाको निशुल्क शिबिर आगामी दिनहरूमा पनी राखने गापा अध्यक्ष गुप्ताले बताए । निशुल्क आँखा शिबिरमा वडा नं ३ का वडाअध्य दिपेन्द्र सिंहले आँखा शिबिर निशुल्क शिबिर होईन यसमा गाउँँपालिकाले लगानी गरेकोले सबै सेवाग्रहीहरूले लाभ लिन बताए । कार्यक्रम वडा नं २ का वडाअध्यक्ष महेन्द्र साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष कामेश्वर यादव, मौजीलाल साह कानु, टिहुकीका पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता, गाउँँपालिका प्रसाशन प्रमुख शत्रुधन यादव, किरण आँखा अस्पताल वीरगंजका चन्दन सहनी, सशस्त्र प्रहरी निरीक्ष्Fक कृष्णा गिरी, बासुदेव साह, शिक्षक सुरेश साह, मनोज पटेल लगायतहरूको सहभागीता रहेको थियोे । शिबिरमा ३ सय १५ जनाको आँखा चेकजाँच भएको थियो भने १ सय पाँच जनामा मोतियाबिन्दु रोगी फेला परेको छ। मोतियाबिन्दु रोगी हरूलाई बसमा लगेर किरण आँखा अस्पताल वीरगंजमा लगी निःशुल्क सल्यक्रिया गराउने आयोजकले जनाएका छन।
शिबिरको आयोजना र व्यवस्थापनले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको महव र जनचेतनाको आवश्यकता झल्काएको छ। यो प्रयासले धेरैलाई उपचारका लागि सही दिशा देखाएको छ र स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताए । निशुल्क आँखा शिबिर २४ गते वडा नं १ मिर्जापुर स्वास्थ्य चौकी र जयमंगलापुर स्वास्थ्य चौकी चेकजाँच हुने र २५ गते तुल्सीबर्वा स्वास्थ्य चौकी र भिस्वा चौकीमा चेकजाँच हुने ब्यवस्थापन गरिएको आयोजकले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।