21 December ,2025,Sunday

हुण्डी कारोबारमा संलग्न व्यक्तिलाई पूर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश

वीरगंज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न एक जनालाई आज पर्सा दिल्ला अदालतमा उपस्थित गराई पुर्पक्षको लागि थुनामा राखेको जनाएको छ । वडा प्रहरी कार्यालय विर्ताले माघ १५ गते ४ः३० बजेको समयमा वीरगंज महानगरपालिका–१० आदर्शनगर हुँदै भारतीय नम्बरको मोटरसाईकलमा सवार भारत, बिहार रक्सौल–१४ बस्ने वर्ष २७ को ओम कुमार रौनियारलाई छ लाख रकमसहित पक्राउ गरेको छ । चामलको बोरामा रौनियारले लुकाइछिपाई राखेको नेरू. ६ लाख भेटिएपछि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानपछि आज पर्सा जिल्ला अदालतमा थुनछेकसम्बन्धी बहसमा पुर्पक्षको लागि थुनामा राखिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । अदालतको आदेश अनुसार ओम कुमार रौनियारलाई मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल