वीरगंज, १३ फागुन । पर्साको दोस्रो सदरमुकाम पोखरियामा स्थापना भएको मालपोत तथा नापी कार्यालयको फागुन १५ गते बिहीवार उदघाटन हुने नगर प्रमुख प्रधुमन प्रसाद चौहानले जानकारी गराउनुभएको छ ।
पोखरिया नगरपालिकाको वडा नं. ९ स्थित सेमरवारी चौक संचालनमा आउने मालपोत तथा नापी कार्यालयको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उदघाटन गर्ने पोखरिया नगरपालिकाका मेयर चौहानले जानकारी गराउनुभयो ।
पोखरिया नगरपालिका कार्यालयले आयोजना गर्न लागेको उदघाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको मेयर चौहानले जानकारी दिए । लामो समयको प्रयासपछि संचालन आउन लागेको मालपोत तथा नापी कार्यालयको उदघाटन कार्यक्रम सहभागी हुन मेयर चौहानले सम्पूर्ण नगरबासी तथा क्षेत्र बासीहरूमा अनुरोध गर्नुभयो ।
पोखरियामा मालपोत तथा नापी कार्यालयको उदघाटन भएको दिन देखि नै कार्यालय संचालनमा समेत आउने आउने जनाइएको छ । पोखरियामा मालपोत तथा नापी कार्यालयमा संचालनमा आएपछि पोखरिया सहित ग्रामीण क्षेत्रका जानतालाई भुमि सम्बन्धी सेवा पाउन सहज हुने विश्वास लिइएको छ ।