29 June ,2025,Sunday

मधानी महोत्सव २०८१ को विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

वीरगंज, १४ फागुन । रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सव २०८१ को विशेष सांस्कृतिक कार्यक्रम बुधबार भव्य रुपमा सम्पन्न भएको छ ।

मधानी महायज्ञलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्न तथा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गराउने संकल्पका साथ मौलापुर नगरपालिकाद्वारा अयोजित मधानी महोत्सव २०८१ विशेष सांस्कृतिक समरोह अपार उत्साहवर्धक जनसैलाबका साथ सम्पन्न भएको हो ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रमको उद्घाटन आम जनता पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले गरेका थिए ।

कार्यक्रममा भारतका भोजपुरी सुपरस्टार गायक रितेश पाण्डे, वरिष्ठ संगीतकर्मी एंव पूर्व मन्त्री विनय बिहारी, भाइरल गर्ल मोनालिसा, निर्देशक सनोज मिश्रा, सिखर संतोष, प्रिया सोहानी तथा नेपालका चर्चित कलाकार प्रीति पासवान, रचना सिवकोटी, सुनील पण्डित, विशाल यादव, दीपलाल यादव, नन्दू श्रीवास्तव, सुनिल पण्डित, रेविका अधिकारी सहित का कलाकर्मीहरूको सान्दर प्रस्तुतिसमेत राखेका थिए ।

त्यसअघि कार्यक्रम सहभागि चर्चित कलाकारहरूले महाशिवरात्रिको अवसरमा मौलापुर नगरपालिका स्थित पतौराधाम शिवमन्दिरमा दर्शन समेत गरेका थिए । मधानी महोत्सव मा सहभागिता जनाउन पुगेका कलाकारहरूले विशेष पूजाआजा समेत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...