21 November ,2025,Friday

पर्साको पोखरियामा मालपोत र नापी कार्यालयको उदघाटन

वीरगंज, १५ फागुन । पर्साको पोखरियामा मालपोत र नापी कार्यालयको आज उदघाटन भएको छ । पर्साको ग्रामीणक्षेत्रका नागरिकलाई सेवा लिन वीरगंजसम्म आउनुपर्दा समस्या भएपछि नागरिकलाई पायक पर्ने ठाउँमा सेवा उपलब्ध गराउन पोखरियामा मालपोत र नापी कार्यालयको स्थापना गरिएको हो ।

पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरवारीमा स्थापना गरिएको कार्यालयको भूमि व्यावस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज उदघाटन गरेका छन् । मन्त्री अधिकारीले उदघाटन गरेपछि भोलीदेखि कार्यालयबाट नियमित सेवा उपलब्ध हुनेछ ।

पोखरिया नगरपालिकामा स्थापना गरिएको मालपोत तथा नापी कार्यालयबाट पर्साका सातवटा स्थानीय तहको काम हुने छ । कार्यालयको उद्घाटन गर्दै मन्त्री अधिकारीले ग्रामिण भेगका नागरिकलाई अब सहजता हुने विश्वास व्यक्त गरे । समय र पैँसा दुबै जोगिने बताउँदै उनले पोखरियाकै कार्यालयबाट सबै किसिमका सेवा उपलब्ध गराउने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफुले चुनावताका गरेका प्रतिबद्धतालाई पुरा गरीरहेको बताए । पोखरियामा नापी र मालपोत कार्यालय ल्याउने आफुले चुनावताका गरेको बाचालाई पुरा गरेको उहाँको भनाई थियो ।

यो सँगै उनले ईलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरीने बताए । पोखरियालाई करोडौका योजना दिने उद्घोष पनि उनले गरे । आजको कार्यालय उदघाटनमा संघीय मन्त्री तीनजना र प्रदेश मन्त्री २ जना उपस्थित भएका थिए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, क्षेत्र नम्बर २ का सांसद तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल पनि पोखरिया पुग्नुभएको छ ।

यसअघि चारजना मन्त्रीले कार्यालयको उदघाटन गर्ने चर्चा चलेको थियो । एउटा सेवा कार्यालय उदघाटनका लागि चारजना मन्त्री आउने चर्चाको व्यापक आलोचना भएपछि एकजना मन्त्री भने गएनन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...