वीरगंज,१५ फागुन । पर्साको पोखरिया नगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव हाजिर भई कार्यभार सम्हालेका छन ।
बिहीबार एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा पोखरियाका उपप्रमुख रुबि ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा, लेखा शाखा प्रमुख मन्दिप महतो, वाडा अध्यक्ष महेन्द्र महतो चाई, पूर्व निमित प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, प्रशासन प्रमुख संजय पाण्डे, नरेन्द्र साह लगाएतले अधिकृत श्रीवास्तव लाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत विनय कुमार श्रीवास्तवले आफू जनताहरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबध्ता व्यक्त गरे । जनताहरुको कामकाजको साथै बिकास निर्माण लगायतको कामहरु अगाडि बढाउने भन्दै उनले जनप्रतिनिधि र कर्मचारीको समन्वय गरेर अगाडि बढ्ने बताए ।