22 August ,2025,Friday

हरवाचरवाको न्यायिक पुनस्र्थापनाको माग राख्दै ज्ञापन

वीरगंज, २० फागुन । मधेस प्रदेशका मुक्त हरवा चरवाका विभिन्न स्थानीय पालिका कमिटीहरूले न्यायिक पुनस्र्थापनाको माग राख्दै मंगलवार पालिकाहरूलाई ज्ञापनपत्र बुझाएको छ ।
मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार नाराकासाथ मधेस प्रदेशमा शुरू भएको जागरण अभियान अन्तर्गत पर्साको पकहामैनपुर, बाराको करैयामाइ, रौतहटको बृन्दावन र सिरहाको औरही पालिकाहरूमा ज्ञापन पत्र बुझएको हो ।
पर्साको पकहामैनपुरमा केन्द्रिय सदस्य खुबलाल रामको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाइ ज्ञापनपत्र बुझाउदै संघ र प्रदेश सरकारसंगको समन्वयमा स्थानीय सरकारद्वारा मुक्त हरवाचरवाको वास्तविक तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई बर्गीकृत परिचय पत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्नु पर्ने र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने माग गरेको छ ।
आगामी आर्थिक वर्षको निति, कार्यक्रम र बजेटमा हरवाचरवाको पक्षमा निति, कार्यक्रम र बजेट बिनियोजन गरिनुपर्ने र हरवाचरवाको पहिचान, परिचयपत्र र पुनःस्थापनाका लागि स्थानीय तहबाट कार्यबिधि निर्माण गरिनुपर्ने लगायतका मागहरू गरिएको कमिटीका जिल्ला अध्यक्ष अमरदेव पासवानले बताउनु भयो ।
त्यस्तै बाराको करैयामाइमा झगरू पासवान, रौतहटको बृन्दावनमा दशरथ राम र सिरहाको औरहीमा श्यामसुन्दर सदाको अगुवाइमा ज्ञापनपत्र बुझाइएको रौतहट जिल्ला सहजकर्ता सुबासहेब पासवानले बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...