22 August ,2025,Friday

म्याग्नस फर्माद्वारा मधुमेह, अल्जाइमर्स र हेपाइटाइटिस रोगको औषधि उत्पादन

वीरगंज, २० फागुन । म्याग्नस फर्माले आज होटेल भिस्वामा पत्रकार सम्मेलन गरी सन् २००७ मा स्थापना भएको यस औषधि उद्योगले १०९ ब्रान्डसहित २०७ प्रकारका औषधि उत्पादन गरिरहेको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिर प्रसाद मास्केले नेपाली बजारमै पहिलोपटक मधुमेह, अल्जाइमर्स, हेपाटाइटिस सी र बी जस्ता रोगका लागि अत्यावश्यक औषधिहरू उत्पादन गरेको जनाएको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा नयाँ प्लान्ट जडान गरी म्याग्नस फर्मा प्रालिले मिर्गाैला रोगका लागि औषधिहरू पनि उत्पादन गरिरहेको उनले बताएका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यस कम्पनीले नेपाली बजारका लागि औषधिहरू गुणस्तरयुक्त उत्पादन गरिरहेको जनाएको छ । म्याग्नस फर्माका अध्यक्ष सन्दिप तुलस्यानले देशको औषधि आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताए ।
प्राबिधिक निर्देशक सर्वाेत्तम गिरीले सुरक्षित, असरदार तथा उच्चतम गुणस्तरीय औषधि उत्पादन गर्न कटिबद्ध रहने बताए । म्याग्नस फर्माका वित्तीय निर्देशक विनित लोहियाले थप एक अर्ब भन्दा बढीको लगानी गरिसकेको र सिथिल अर्थतन्त्र तथा रोजगारी प्रवर्धनमा थोरै भए पनि टेवा पु-याएको बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...