6 May ,2026,Wednesday

spot_img
spot_img
spot_img
spot_img

दाइजोविना विवाह गर्ने दुई जोडी सम्मानित

वीरगंज, २० फागुन । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१७ अलौमा दाइजोविना विवाह गर्ने दुर्ई जोडीलाई दुर्ई संस्थाले सम्मान गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नं १ बरियारपुर निवासी तथा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक बिकाश कुमार साह पर्साको वीरगंज महानगरपालिका वडा नं १७ अलौ निवासी डा. रिमा साह संग दाइजो बिना फाल्गुन १८ गते विवाह गरेका थिए ।
दाइजोको लागि छोरीलाई यातना, मानसिक तनाव दिने समाजमा दाईजो मुक्त विवाह गरी समाजमा उदाहरण पेश गरेको उक्त जोडीलाई दाईजो एवं सामाजिक कुरीति बिरूद्ध जागरण मञ्च वीरगंज र बाल विवाह एवम् दाइजो उन्मुलन अभियानले विवाह मण्डपमै पुगेर सम्मान गरेको थियो।
दाईजो एवम् सामाजिक कुरीति बिरूद्ध जागरण मञ्च वीरगंज पर्साका उपाध्यक्ष प्रकाश थारू, सचिव मनोज कुमार मिश्रा, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संचारकर्मी अभिलाष गुप्ता र कन्हैया पटेलले दोसल्ला र माला ओढाई सम्मान पत्रद्वारा सम्मानित गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल