शैलेश गुप्ता
वीरगंज, २१ फागुन । पर्साको कालिकामाई गाउपालीका वडा नम्बर ४ कटिबलुवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमीक बिधालय कटिबलुवामा वडा नमबर ४ को वडा अध्यक्ष संजय कुमार साहको अध्यक्ष्तामा बुध्दबार अभिभावक, शिक्षक शिक्षिका बुद्धिजिवी सहित सर्वदलिय सरोकारवालाहरु सित बैठक सम्पनन भएको छ ।
सोमवार एकासी बिधालयमा अध्यनर्त १३ जना छात्रा र १ जना छात्र गरी १४ जना विधार्थीहरु एकासी एका एक बेहोस भएका थिए । सोहि विषयमा आज सर्वदलिय बैठक सम्पन भएको विधालयका प्रधानाध्यापक ईद्रदेव पटेलले जनाएका छन । सो बैठक बाट मनो विज्ञहरुलाई बोलाई विधार्थीहरुलाई परामर्श दिने, विधालय नजिक रहेको समसान घाटलाई अन्तै ठाउमा सारिने, शान्ति स्थापनाकालागी पुजा पाठ गराउने निर्णय भएको ईद्रदेव पटेलले जानकारी दिए ।