28 June ,2026,Sunday

संसद सशक्त भए मात्र लोकतन्त्र मजबुत हुन्छ : सांसद ढकाल

काठमाडौं २२ फागुन । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले संसद सबल बन्दा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सुशासन कायम गर्न संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे। उहाँका अनुसार संसदीय प्रक्रियालाई व्यवस्थित बनाउन कार्यसूचीअनुसार छलफल र निर्णय प्रक्रिया सुदृढ हुनुपर्छ।
सांसद ढकालले नेपालका ४४ मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ बनाउन गठन गरिएको संसदीय मैत्री समूहलाई प्रभावकारी बनाउन सभामुखको स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताए। साथै, निर्माणाधीन नयाँ संसद भवनमा सबै सांसदहरूका लागि अनिवार्य कार्यकक्षको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिए।
सांसदहरू तथा आगन्तुकहरूसँग भेटघाटका लागि उचित स्थानको अभाव हुँदा हाल नजिकैको चिया पसल धाउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले यस्तो अवस्थाको अन्त्यका लागि उचित पूर्वाधार निर्माण गर्न आग्रह गरे।
सांसद ढकालले निर्माणाधीन संसद भवनलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसमा मुस्लिम सांसद तथा कर्मचारीहरूको धार्मिक आस्थालाई ध्यानमा राख्दै प्रार्थना कक्षको व्यवस्था गर्नुपर्ने माग समेत राखे।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...