शैलेश गुप्ता
वीरगंज, २४ फागुन । पर्साको पोखरिया नगरपालीकामा आज ११५ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन भएको छ । जसमा ४ जना महिला समानीत भएकी छिन ।
वक्तृत्वकला कला प्रतियोगितामा नगरपालीका अन्तर्गत रहेको, शिक्षिका, महिला स्वास्थयकर्मी, महिला नगर प्रहरी, महिला स्वयेम सेवीका र महिला कर्मचारीकाहरुको सहभागीतामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
महिलाको हक र अधिकार सम्बन्धी शिर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । सो वक्तृत्वकला प्रतियोगितामा १५ जना महिलाहरुले भाग लिएका थिए । १५ जना महिला मध्ये ४ जना महिलाहरुलाई नगरपालीकाले प्रथम, द्रृतीय, तृतीय र सन्तावना गरी ४ जनालाई पुरसकार सहित समानीत गरेको छ ।
समानीत हुनेमा प्रथम शिक्षा तर्फका गिता भण्डारी, द्रृतीय स्वास्थय तर्फका चिन्ता यादव, तृतीय प्रथम शिक्षा तर्फका रन्जु देवी, सन्तावना माहापती देवीहरु समानीत भएकी छिन ।
पोखरिया नगरपालीका वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रदुमन प्रसाद चौहान, नगर उप प्रमुख रुवी कुमारी ठाकुर, कार्यपालीका सदस्य चुनी देवी, समाजिक शाखा प्रमुख वाल्मीकी रौनियार, हस्तयानी गिरी, जाया तिवारी, नगर प्रहरी ईचार्ज दिनेश प्रसाद चौहान लगायतकाहरुको सहभागीता रहेको थियो । भने उक्त कार्यक्रमको सहजीकरण नरेन्द्र साह कानुले गरेका थिए ।



