21 December ,2025,Sunday

सांसद जयसवालद्वारा निर्माण कार्यको शिलान्यास

वीरगंज, २६ फागुन । सांसद विणा जयसवालले सोमवार गहवामाई मन्दिरको नाममा रहेको ८ कठ्ठा खाली जग्गामा बाउन्ड्री वाल तथा गेट निर्माण कार्यको शिलान्यास गरेकी छन् ।
सांसद जयसवालले मन्दिरको संरक्षण तथा धार्मिक महत्व अभिवृद्धि गर्ने उद्देश्यले आफूले पहल गरिरहेको बताइन् । उनले वीरगंजवासीको आस्थाको केन्द्र रहेको गहवामाई मन्दिरको लागि संसदीय कोषबाट योगदान गर्ने योजना प्रारम्भदेखि नै रहेको र मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन समितिको सिफारिस अनुसार एक बजेट विनियोजन गरिएको बताइन् ।
उनले ठाकुर राम कलेजको पछाडी रहेको सो जग्गासम्म पुग्ने बाटोमा धूलो तथा खाल्डाखुल्डी रहेकोले आगामी दिनमा व्यवस्थित सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले आगामी दिनमा सो जग्गामा सामुदायिक भवन निर्माण गर्ने तथा गहवामाई माताको प्रतिस्वरूप प्रतिमा स्थापना गर्ने योजना रहेको बताए ।
शिलान्यास कार्यक्रममा रा.प्र.पा.का जिल्ला अध्यक्ष जगरनाथ प्रसाद कुर्मी, नन्दु श्रीवास्तव, युवा नेता चन्दन मिश्रा, पानालाल पटेल, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू निवर्तमान अध्यक्ष दिना गुप्ता, उपाध्यक्ष सुरेन्द्र सर्राफलगायतको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन प्रा.डा. प्रमोद कुमार सर्राफले गरेको राप्रपाका नेता एवं समाजसेवी मनोज मिश्राले बताएका छन् ।
करीब १ करोड रुपियाँको संसदीय विकास योजना अन्तर्गत बाउन्ड्री वाल निर्माण, माटो भराइ तथा गेट निर्माण कार्य अघि बढाइएको मिश्राले बताए । यसैगरी भवानीपुर स्कुल भवनको पनि सांसद जयसवालले शिलान्यास गरेकी छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल