वीरगंज, फागुन २८ । पर्साको छिपहरमाई गाउँपालिकाको तुलसीबर्वामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नं.४ को भव्य होली मिलन समारोहको सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति एवं रास्वपा क्षेत्र नं.४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रले स्थानीय तहका विसंगतिहरूको विषयमा धारणा राख्दै आगामी स्थानीय चुनावमा मेयर पदका लागि आफ्नो दावेदारी रहने बताएका छन् । उनले उपस्थित स्थानीय बासिन्दाहरूसँग सहयोगको अपिल गर्दै समृद्ध स्थानीय शासनका लागि सबैको एकता आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि रास्वपा पर्साका सभापति हरि पन्तले होली पर्वले हिमाल,पहाड र तराईलाई एकसूत्रमा बाँध्ने भन्दै आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्ने पर्व भएको बताए ।
कार्यक्रममा जिल्ला सचिव सुदीश प्रजापति, उपसचिव कृष्ण पासवान, विवेक साह,तेलि प्रमोद रायमाझी, उमेश यादव, बिकि यादव रमेष दास ततवा यादवलगायतका नेताहरूले शुभकामना मन्तव्य राख्दै होली पर्वको सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश परेका थिए ।
उक्त होली मिलन समारोहले स्थानीय तहमा आपसी मेलमिलाप, एकता र समन्वयलाई सुदृढ गर्ने विश्वास रास्वपा पर्साले लिएको छ।