वीरगंज, फागुन २८ । शिक्षा क्षेत्रमा आफनो छुटै पहिचान स्थापित गर्न सफल विरगंज वार्ड नं १३ तेजारथ टोलमा रहेको अमिति ईङ्घलिश र्बोडिङ्घ स्कुलले आफनो १४ औं वार्षिक उत्सव आज आफनै विधालय प्राङगणमा सम्मपन गरेको छ । बार्षिक उत्सव कार्यक्रममा विधालयका विधार्थी उनका अभिभावक र शिक्षक शिक्षिकाहरुको उल्लसमय सहभागिता रहेको थियो ।
विधालयमा अभिावकहरुले आफना बालबालिकाहरुलाई नियमित पढन पठाए पनि शिक्षकहरुसंग छलफल र सहकार्यको लागि समय निकालन नसकेको प्रति विधालयका प्रधानाध्यपक दिपेश प्रसाद यादवले अभिभावक प्रति लक्षित गरि आफनो मन्तवय राखेका थिए । यादवको अनुसार हामिले आफना बालबालिकाको शिक्षा के कस्तो रहेको छ भने जानकारी दिनको लागि बारम्बार फोन गर्दा पनि अभिभावकहरुले समय निकान्ल नसकेको गुनासो व्यत्त गरेका थिए ।
आफुले आफना बालबालिकाहरुलाई पढन पठाएका विधालयको गतिविधिहरु प्रति अभिभावकहरुले समय समउमा विधालयको अनुगमन गनुपर्ने आग्रह गरेका हुन्।
विधालयले आयोजना गरेको विभिन्न खेलकुदमा उतकृष्ट भएका बालबालिकाहरुलाई मेडल र सिल्डबाट सम्मान गरेको विधालयको निर्देशक बिनोद ठाकुरले बताउनु भयो । हामिले तपाईको बालबालिकाहरुलाई दिईरहेको शिक्षा प्रति जानकारी लिनु तपाईको कर्तव्य हो । हाम्रो अपेक्षा हुन्छ कि तपाईहरु आफना नानिबाबुहरुको बारेको सोधखोज गर्नु पर्यो मेरो विनम्र आग्रह रहेको ठाकुरले बताउनु भयो ।
कार्यक्रमको अन्तयमा बिधालयका शिक्षक, बिधार्थी र अभिभावकहरुले होलीमिलन कार्यक्रमको शुभकामना समेत अदानप्रदान र खुशिको साटासाटा गरेका थिए । होलि उत्सव हामी सबैले सभ्य भएर मनाउने संदेश कार्यक्रम मार्फत ब्यत्त गरेका थिए ।