21 November ,2025,Friday

ठाराब स्ववियु निर्वाचनमा राजकुमार यादव समूह विजयी

वीरगंज, १४ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राजकुमार यादव विजयी भएका छन् । लामो विवाद र तनावपछि बुधवारदेखि पुनः शुरू भएको मतगणनाको अन्तिम परिणाम अनुसार यादव नेतृत्वको समूहले निर्णायक जित हासिल गरेको हो।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट असन्तुष्ट हुँदै स्वतन्त्र नेपाल विद्यार्थी समूह बनाएर निर्वाचनमा भाग लिएका यादवले नेविसंघकै आधिकारिक उम्मेदवार विकास मण्डल धानुकलाई ४६२ मतको फराकिलो अन्तरले पराजित गरे । निर्वाचन अधिकृत दिलीप कुमार सिंहका अनुसार, यादवले १,११५ मत प्राप्त गर्दा धानुकले केवल ६५३ मतमा सीमित रहे । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादवले ५६२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने सुधीर पटेल समूहका कमलेश कुमार यादव ४५० मतसहित चौथो स्थानमा रहे। ठाकुरराम क्याम्पसमा कूल १०,७२९ मतदातामध्ये ४,२९९ विद्यार्थीले मतदान गरेका थिए । राजकुमार यादवको जितले नेवि संघभित्रको आन्तरिक असन्तोष र विद्यार्थीहरूमा देखिएको नयाँ धारको समर्थनलाई पुष्टि गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...