22 December ,2025,Monday

वीरगंजका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

वीरगंज, १६ चैत । वीरगंजका युवा सन्तोष कुमार साह, जो नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत छन् । सडक दुर्घटनामा परेका तीनजनाको जीवन जोगाएर उनी मानवताको अनुपम उदाहरण दिएका छन् ।

आज बाराको सिमराबाट वीरगंज फर्किने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहेका थिए भने एम्बुलेन्स पनि उपलब्ध थिएन ।

सन्तोष साहले एक क्षण नसोची आफ्नो गाडी रोके, घाइतेहरूलाई अस्पताल पुर्याए, र आवश्यक सबै औपचारिकता पूरा गरे। उनको त्वरित निर्णय र निस्वार्थ सेवाभावले तीन अमूल्य जीवन जोगियो ।

अस्पतालका चिकित्सकहरूका अनुसार समयमै उपचार नपाएको भए ठूलो क्षति हुन सक्थ्यो । अहिले तिनै घाइतेहरूको स्वाथ्य अवस्थामा सुधार छ ।

साहको यो साहसिक कार्य समाजका लागि प्रेरणादायी बनेको छ । स्थानीयहरू, अस्पतालका कर्मचारीहरू, र सहकर्मीहरूले उनको निःस्वार्थ भावनाको खुलेर प्रशंसा गरेका छन्।

नबिल बैंक : सामाजिक उत्तरदायित्वको प्रेरणास्तम्भ

सन्तोष साहको परोपकारी कार्य नबिल बैंकको नैतिक शिक्षाको प्रतिफल पनि हो। नबिल बैंकले कर्मचारीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतासँगै पेशागत दक्षता प्रदान गर्ने नीति लिएको छ, जसको प्रत्यक्ष उदाहरण उनले प्रस्तुत गरेका छन्।

संकटको घडीमा सहयोगी बन्न सकियो भने जीवन बदल्न सकिन्छ भन्ने सन्देश दिँदै, सन्तोष साह समाजका लागि प्रेरणाको स्रोत बनेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल