25 July ,2025,Friday

पत्रकार रजकको हत्यारालाई कारबाहीको मांग गर्दै प्रेस चौतारी नेपाल पर्साको विरोध प्रदर्शन

वीरगंज, १६ चैत । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै आज वीरगंजमा प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पर्साले र्‍याली तथा विरोध कार्यक्रम गरेको छ ।

शुक्रबार राजावादीहरूको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा शनिबार दिउँसो ३ बजे वीरगंजको घण्टाघरमा पत्रकारहरूको ठूलो जमघट भएको थियो ।

प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकार सुरक्षाको सुनिश्चितता र हत्यारालाई तत्काल कडा कारबाहीको माग गरिएको छ ।

यसअघि, नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापना दिवसलाई पत्रकार हत्या र सञ्चार गृह तथा सञ्चारकर्मीमाथि भएका हमलाको विरोधमा शोक र विरोध सभाका रूपमा मनाउने निर्णय गरेको थियो ।

विरोध कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पर्साका अध्यक्ष निरन्जन मिश्रा, प्रेस चौतारी नेपाल मधेश प्रदेशका सचिव श्याम कुशवाहा, नेपाल पत्रकार महासङ्घका पर्साका पूर्व अध्यक्ष अनुप तिवारी, जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, तुलसी भण्डारी, चौतारी जिल्ला सचिव कृष्णा कुशवाहा लगायतका पत्रकारहरूको उपस्थिती थियो।

विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष निरन्जन मिस्राले पत्रकारहरूको सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्ने र हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने माग गरे ।

त्यस्तै पूर्व अध्यक्ष अनुप तिवारीले सञ्चारकर्मीमाथि आक्रमण र सञ्चार गृहमा तोडफोड अस्वीकार्य भएको बताएका छन्।

उनले दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन र कडा सजाय दिन माग गर्दै भने, “नेपालका सञ्चारकर्मी यस्ता हिंसात्मक आन्दोलनको समर्थन कुनै पनि हालतमा गर्न सक्दैनन्।”

विरोध कार्यक्रममा सहभागी पत्रकारहरूले राज्यले पत्रकारहरूको अधिकार सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने माग गर्दै थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...