25 July ,2025,Friday

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले बुझाए मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र

वीरगंज, १८ चैत । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा अराजक समूहले सञ्चारकर्मीमाथि गरेको आक्रमण प्रति सरकारसँग गहिरो अनुसन्धान र दोषीहरूको कारबाई गर्न माग गरेको हो ।साथै, महासंघले मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारको उपचार र अन्य मुद्धाहरूमा चाँडो कारबाई नगरेको खण्डमा देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जराले भने, ‘हामी सरकारसँग एक साताभित्रै यस मुद्दामा विश्वसनीय कदम उठाउने अपेक्षामा छौं । सरकारले हाम्रो माग सम्बोधन नगरेको खण्डमा हामी देशव्यापी आन्दोलनमा उत्रनेछौं ।प्रदर्शनमा पत्रकार सुरेश रजकको ज्यान गएको र अन्य सञ्चारमाध्यमहरू र पत्रकारहरूलाई लक्षित गरेर आक्रमण गरिएको घटनाले सञ्चार जगतमा त्रासको स्थिति सिर्जना गरेको छ । रजकले भिडियो खिच्ने क्रममा आगोमा जलेर ज्यान गुमाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...