24 July ,2025,Thursday

नेपालमा लोकतन्त्र, गणतन्त्र नभई दलतन्त्र रहेको छ :– अध्यक्ष प्रभु साह

वीरगंज, १९ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा लोकतन्त्र, गणतन्त्र नभई दलतन्त्र रहेको बताएका छन् । वीरगंजमा सोमवार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साहले वीरगंजलाई आर्थिक राजधानी घोषणाको माग गरे । उनले सुरक्षा दिन नसक्ने सरकारको अब के काम भन्दै अहिलेको सरकार गैरजिम्मेवार रहेको आरोप लगाए ।
उनले सरकार संकटमा रहेको भन्दै आफ्नो मूल्यांकन गर्दा सरकार फेल भएको जिकिर गरे । छिमेकी मुलुक भारतसँग दुर्ईतिहाई आर्थिक कारोवार हुने गरेको भएपनि भारतसँगको राजनीतिक, कुटनीतिक र आर्थिक कुनैपनि सम्बन्ध राम्रो नरहेको बताए । अध्यक्ष साहले राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
पूर्वमन्त्री समेत रहेको साहले मधेसवादी दलका नेताहरूको दोहोरो चरित्रका कारण मधेस उजाड बन्दै गइरहेको टिप्पणी गरेका छन् । मधेसवादी दलका नेताहरू सरकारमा भए पनि मधेसका लागि काम नगरेको आरोप उनले लगाए । यस्तै मधेस प्रदेश सरकारले समेत मधेसका लागि केही गर्न नसकेको उनले बताए । विभिन्न बहाना बनाएर सत्तामा टाँसिरहने र सत्ताबाट हटेपछि यो भएन, त्यो भएन भन्दै यिनीहरू नाटक गर्न मात्रै जानेको उनले बताए ।
लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरूको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए । लुटकारी दलतन्त्र बिरूद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि रौतहट, बारा र पर्सामा आयोजित कार्यक्रमका लागि मधेस झरेका साहले भ्रष्ट, लुटेरा, दलाल नेताहरूका कारण मुलुक समृद्ध नभएको बताउदै तेस्रो जनआन्दोलनमा सहभागीताका लागि आहवान समेत गरे ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...