21 November ,2025,Friday

गहवमाईको दोस्रो डोली यात्रा भव्य रूपमा निकालिदैँ

वीरगंज, २३ चैत । वीरगंजको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरबाट आज (शनिबार) गहवमाई माताको दोस्रो डोली यात्रा भव्य रूपमा निकालिने भएको छ।

चैते दशैंको अष्टमीको अवसरमा आयोजना गरिएको डोली यात्रा गहवामाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको हो। समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार डोली यात्राका लागि सबै तयारी पूरा भइसकेको छ।

आज दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजापछि अपरान्ह ४ बजे मन्दिर प्रांगणबाट डोली यात्रा सुरु हुनेछ। यात्रा २ नम्बर रोड, वीर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थानको चोक परिक्रमा गरी पुनः गहवामाई मन्दिरमा आएर समापन हुनेछ।

भव्य यात्रामा सहभागी भक्तजनलाई गहवामाई माताको तस्बिर अङ्कित निशान वितरण गरिनेछ। प्रति निशान ३५० रुपैयाँ शुल्क तोकिएको समितिले जनाएको छ। गत वर्ष पहिलो डोली यात्रामा ६५० वटा निशान वितरण गरिएको थियो।

डोली यात्रापछि साँझ मन्दिर प्रांगणमा महाआरतीको कार्यक्रम पनि आयोजना गरिएको छ। अध्यक्ष साहले भक्तजनलाई भव्य रूपमा सहभागी भई आस्था र श्रद्धाका साथ गहवामाई माताको डोली यात्रा सफल पार्न आह्वान गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...