28 June ,2025,Saturday

मन्त्री गुप्ताद्वारा पोखरीयामा सडक र नाला शिलन्यास

वीरगंज, २४ चैत । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिका – २ लमरियामा सडक र नालाको शिलन्यास गरेका छन् ।

भौतिक पूर्वधार विकास मन्त्रालयको बजेटबाट सो नगरपालिकाको वडा नम्वर २ स्थित २५ लाख रुपैयाँको लागतमा सडक र नाला निर्माण हुन लागेको छ । १३२ मीटर सडक र १०७ मीटर नालाको मन्त्री गुप्ताले शिलन्यास गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री गुप्ताले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फि विकासका लागि विभिन्न कार्यक्रम लागु गरेको बताए ।

मन्त्री गुप्ताले मेरो पहल र सहयोगले नाला र सडकका लागि भौतिक पूर्वधार विकास मन्त्रालय मार्फत बजेट उपलब्ध गराएको बताउँदै सो काम इमान्दारीताका साथ सम्पन्न गरे आगामी बर्ष थप बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए । इमान्दारिताका साथ काम गरे भने अर्को बर्ष थप बजेट उपलब्ध गराउने छु तर तलमाथि भए फेरी आश नगर्नु होला ।’

उनले भने ‘जहिल्यै तराई मधेशका जनताको गुनासो सरकारले हामीलाई हेरेन भन्ने थियो तर, सरकारले पहिलो तटक तराई मधेशका जनताको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।

उनले भने तराई मधेशमा सिमा पारिको छिमेकी भन्दा बढी वारी नेपालमा विकासको आफ्नो चाहना रहेको बताउँदै त्यसका लागि आफु निरन्तर लागि परेको बताए । मन्त्रि परिषदमा यो क्षेत्रलाई आधोगीक क्षेत्रका रुपम विकास गर्ने योजना चलिरहेकाले उक्त योजना सफल पार्न आफु लागि परेको बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका मन्त्री गुप्ताले सवैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धी आउन समय नलाग्ने बताउँदै सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए । एक अर्को प्रसंगमा मन्त्री गुप्ताले रात दिन काम चलिरहेको जानकारी दिँदै छिटै सवै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने दावी गरे ।

पोखरीयाका मेयर प्रधुमन् चौहानले नगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयबाट बजेट विनियोजन गराउन मन्त्री गुप्तासंग आग्रह गरे । साभार – ज्योति दैनिक

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...