28 June ,2025,Saturday

कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा ५२ लाख भ्रष्टाचार, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, २६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद बर्णवाल सहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ विरुद्ध पनि मुद्दा दायर गरेको हो ।

कलैया उपमहानगरपालिकाका कर्मचारीहरुले आर्थिक वर्ष २०७७ र ७८ र आर्थिक वर्ष २०७८ र ७९ का लागि सेनिटरी प्याड खरिदमा सागर वी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश साहसँगको मिलोमतोमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सहसचिव राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी २०७७ मंसिर १९ को टिप्पणी निर्णयबाट सेनिटरी प्याडको अस्वाभाविक मूल्य प्रतिप्याकेट ७९ रुपैयाँ एक पैसा कायम गरी लागत इस्टिमेट स्वीकृत गराएको पाइएको छ ।

साथै राष्ट्रसेवकसँगको आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्मको बोलपत्र पेश गरेर प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएकोमा आर्थिक वर्ष २०७८ र ०७९ मा त्यसै कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएको छ ।

पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेट ५४ रुपैयाँका दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० भन्दा बढी भुक्तानी बढी गरेको भन्दै उपमहानगरपालिकामा कार्यरत ४ जना कर्मचारीलाई ५१ लाख ९९ हजार १२० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय माग गरिएको छ ।

साथै सागरदेवी फर्मा हेटौंडा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश साहले कर्मचारीसँगको मिलोमतोमा सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट ५४ रुपैयाँको दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी लिएको भन्दै उनीहरुलाई त्यही बराबरको रकम बिगो कायम गरी मुख्य कसुरदारसरहकै सजाय मागदाबी गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...