वीरगंज, २६ चैत । नेपाल बिधुत प्राधिकरण वीरगंज वितरण केन्द्रले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बिधुत सुरक्षा दिवस प्रभातफेरी कार्यक्रम वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो ।
पावरहाउस चोकबाट सुरु भएको प्रभातफेरी मुर्ली हुँदै घण्टाघरसम्म पुगेपछि पुनः पावरहाउस चोकमै पुगी समापन गरिएको थियो। प्रभातफेरीमा सहभागीहरू बिधुत सुरक्षा सम्बन्धी चेतनामूलक सन्देश बोकेका थिए।
कार्यक्रममा बिधुत सुरक्षाका उपायहरू, उपकरणको सुरक्षित प्रयोग र बिधुत दुर्घटनाबाट कसरी जोगिने भन्ने विषयमा जनचेतना फैलाउने उद्देश्य सहित विशेष जानकारी प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले बिधुत सम्बन्धी सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरे।
नेपाल बिधुत प्राधिकरण कर्मचारी संघ वीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झाले कार्यक्रमको उद्देश्य र महत्त्वबारे जानकारी गराएका थिए।