28 June ,2025,Saturday

विकासका लागि ऋण आवश्यक, नेपालको अवस्था अन्य छिमेकीभन्दा राम्रो : प्रधानमन्त्री ओली

जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि ऋण लिनु स्वाभाविक भएको बताएका छन्। मधेश प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी स्रोतले मात्र विकास गर्न सम्भव नभएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले ऋण लिएको भन्दै गरिएको आलोचनाको कुनै अर्थ नरहेको बताए। उनले नेपालको ऋण अन्य छिमेकी देशहरूको तुलनामा कम रहेको दाबी गरे। ‘ऋण लगायो भनेर कराएको छ। संसारमा अरु छिमेकी भन्दा हाम्रो ऋण कम छ। राष्ट्रिय वार्षिक आयको २४–२५ प्रतिशत होला,’ उनले भने। राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई सावधानीपूर्वक प्रयोग गरेमा डरलाग्दो मान्न नहुने उनको भनाइ थियो।

उनले जापानको उदाहरण दिँदै विकासपछि आम्दानी बढ्ने र ऋण तिर्न सकिने बताए। ‘जापानको ऋणको स्थिति हेर्ने हो भने राष्ट्रिय आयभन्दा बढी होला तर ऊ त विकसित देश हो। विकास गरेपछि आम्दानी हुन्छ। आम्दानी भएपछि तिर्न सकिन्छ। हाम्रो पैसाले विकास गर्न त संभावना नै छैन,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले अहिले एक करोडको काम गर्न दुई करोड खर्च भइरहेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताए। उनले विगतको सरकारले बिगारेको अर्थतन्त्रलाई आफ्नो नेतृत्वको सरकारले नौ महिनामा सुधार गरिसकेको दाबी गरे। निकै बिग्रिएको अर्थतन्त्र हामीले ९ महिनामा सच्याएर ल्याएका छौं। यसरी बिगारिएको थियो कि आम्दानीको बाटो कहीँ नराखिएको तिर्नुपर्ने ठाउँमा बाँकी राखेको। बजेट नभएका ठाउँमा स्रोत नभएको ठाउँमा सुनिश्चित गरिदिएको छ। पैसा छैन तिर्छु दिउँला भनेर कबुल गरिदिएको छ। अहिले यसलाई हामीले न्यून गरेर खरबमा तिरिसकेका छौं। अब केही तिर्न बाँकी छ। त्यो पनि हामी तिर्छौँ,’ उनले भने।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...