28 June ,2025,Saturday

मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको छ : मन्त्री गुप्ता

वीरगंज, २९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजावादीको नाममा काठमाडौंमा गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको बताउनु भएको छ ।

नेकपा एमाले वीरगंज महानगरपालिका नगर कमितको दोश्रो अधिवेशन उद्घाटनपछि नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल संयुक्त रुपमा सरकार बनेको बताउनु भयो ।

यो सरकारले मुलुकलाई स्थिरताको कोर्षमा लागेको बताउँदै मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन् थालेको उनले बताए । मुलुकलाई अस्थिरतामा लैजान जती प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताए ।

साथै उद्दघाटन शत्रमा सम्बोधन गर्दै मन्त्री गुप्ताले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताए । ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दावी गरे ।

‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन,’ उनले भने ।

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उनले खुलाए ।

उनले आगामी निर्वाचनमा बिरगंज महानगरपालिका ३२ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...